कविता : ऋषि सन्देश !

श्रीराम दहित २८ चैत्र २०८१, बिहीबार १३:५७
 


तिमि त्यो नसोंच म टाढा छु भनि रुप जुनसुकै हुन सक्छ तिमिसंगै छु !
ध्यान गरि त हेर मलाई ,तिम्रै चेतनामा सधैं म मुस्कुराइ रहने छु !

ठक्कर पाएर मात्र तिमिले ऐया ! हुँदा मलाई स्मरण गर्ने गलत चलन छ !
सुख भोगको दौडमा थाहा थियो मलाई तिम्रो यात्रा कुन उद्देश्य हुँदै छ !

तिमि जतिबेला दुखमा तड्पिन्छौ मैले मातृवत्सल्य मुस्कुराउँदै दिनेछु !
हरपल मलाई आफ्नै सम्झी ध्यान दृष्टिद्वारा हेर तिम्रो चेतना खोल्नेछु !

मधुर ध्वनि संसारको भुलेर एक छिन् सुन प्रेरणा गीत गाउँदै छ ु!
अन्तर दृष्टिले हेर्ने प्रयास गर मलाई तत्वदर्शि बन्ने मार्ग प्रसस्तै गर्नेछु !


सन्देश मेरो तिमि सुन्ने चेस्टा गर्दैनौ आफ्नै धुनमा हाँस्ने–रुने गर्दछौ !
चर–अचर सृष्टिमा बास हुन्छ मेरो तथ्य सत्य के हो मबाट टाढा रहन्छौ !

दिव्य सनातन परम्परा क्षय हुँदैछ निरन्तर तिम्रो अप्राकृतिक जीवनशैली !
ऋषि सन्तान कहलिन्छौ मात्र तड्पाउने तड्पिने अप्राकृतिक जीवनशैली !

महामन्त्र ध्वनिमा अतुलनीय उर्जा छ आत्मालाई शुद्धीकरण गरि राख
मन्त्रको दुरुपयोग तान्त्रिक बनि नगर मानव जीवन पवित्र सधैं राख

संगठित बनि क्रान्तिको मार्गमा हिंड सुरक्षा कवज बन्नेछु सधैं !
तिम्रो जीवनको उपबनमा फुल्ने पुष्पले दुरदराजमा सुगन्ध दिनेछ सधैं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका दुई वडाका आवासीय घर बीमा कार्यक्रम सुरु

२८ चैत्र २०८१, बिहीबार १३:५७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले विपदमा आफ्ना जनातालाई राहत दिने उद्देश्यले दुईवटा वडामा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वडा नम्बर ३ र ७ का आवासीय बीमितलाई बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर आवासीय बीमा कार्यक्रम सुरु गरेका हुन् । नगर प्रमुख विष्टले विपदको शक्तिशाली औजार […]

सम्बन्धित

ताजा अपडेट