विज्ञान शिक्षक समाज नेपाल बाँकेमा यमनारायण

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १८:२७
 

कोहलपुर (बाँके) : विज्ञान शिक्षक समाज नेपाल बाँकेको प्रथम जिल्ला भेलाले यम नारायण धितालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्बसम्मत रूपमा चयन भएको छ ।

विज्ञान शिक्षक समाज नेपाल बाँकेका संयोजक धनबहादुर परियारको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य यमनाथ पौडेल रहेको भेलाले उपाध्यक्षमा राजन कँडेल, सचिव बासु गिरी, सह–सचिव मोहन वस्नेत क्षेत्री, कोषाध्यक्ष रमेश अधिकारी, सदस्यहरु शुसिला केसी, कृष्ण कुमार शाही, राजु पौडेल, नवराज गैरे, सुजन रोकाय रहेका छन् ।


सो कार्यक्रममा शिक्षा तथा खेलकुद शाखा, कोहलपुर नगरपालिकाका शाखा अधिकृत रविलाल मिजार, दाङका संयोजक गिरिराज लम्साल र  बर्दिया संयोजक नारायण पराजुलीलगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवारबाट खजुरामा मेयर रनिङशिल्ड प्रतियोगिता

६ माघ २०८०, शनिबार १८:२७
खजुरा (बाँके) : राष्ट्रपति रनिङशिल्ड अन्तर्गत खजुरामा हुने छैटौं अन्तर विद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । खजुरा गाउँ पालिकाले शनिवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । खजुरा २ स्थित शुक्र भलिवल रङ्गशालामा आयोजना हुने अन्तर विद्यालय मेयर रनिङ शिल्डको आइतबार प्रतिनिधिसभा सदस्य […]