आइतवारबाट खजुरामा मेयर रनिङशिल्ड प्रतियोगिता

सदरलाइन संवाददाता ६ माघ २०८०, शनिबार १८:३४
 

खजुरा (बाँके) : राष्ट्रपति रनिङशिल्ड अन्तर्गत खजुरामा हुने छैटौं अन्तर विद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । खजुरा गाउँ पालिकाले शनिवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

खजुरा २ स्थित शुक्र भलिवल रङ्गशालामा आयोजना हुने अन्तर विद्यालय मेयर रनिङ शिल्डको आइतबार प्रतिनिधिसभा सदस्य किशोसिंह राठोरले गर्नेछन् । प्रतियोगितामा खजुरा गाउँपालिका अन्तर्गतका १०३ बिद्यालयबाट १ हजार ३०४ विद्यार्थीहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा माध्यामिक तह (कक्षा ९–१२) अन्तर्गत १५ वटा खेल खेलाइनेछ भने आधारभुत तह (कक्षा ६–८) तहमा १० खेल खेलाईने छ । त्यसैगरि आधारभुत तहको कक्षा १ देख ५ कक्षा अन्तर्गत ३ खेल खेलाइने पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा माध्यामिक तहमा एथलेटिक्स, भलिवल र कबड्डी गरि ३० इभेन्ट, आधारभुत तर्फ १० इभेन्ट र प्राथमिक तर्फ ६ वटा एथलेटिक्स इभेन्टमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३३ हजार नगद र प्रमाणपत्र, दोस्रो हुनेले २० हजार नगद सहित प्रमाणपत्र र तेस्रो हुने विद्यालयले १४ हजार नगद सहित प्रमाणपत्र पाउने छन् । भलिबल, कबड्डी र एथलेटिक्स तर्फ उत्कृष्ट छात्र छात्रालाई जनही ५ हजार १ सय पुरस्कार र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।


मेयर रनिङशिल्ड छनौट प्रतियोगिता भएकाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रपति रनिङशिल्डको जिल्ला र प्रदेशको छनौट खेलमा पठाइने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले आगामी वर्षदेखि खजुरा क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी खेलाडीहरुको नाममा पुरस्कार घोषणा गरिने प्रतिबद्धता जनाए । उनले मेयर रनिङशिल्डलाई पालिकाले १३ लाख बढी बजेट बिनियोजन गरेको जानकारी दिँदै १५ लाख ५३ हजारको लागतमा प्रतियोगिता सम्पन्न हुने जनाए । खजुराको गिजरा क्षेत्रमा पाइने निलगाईलाई प्रतियोगिताको मस्कटकोरुपमा बिम्बित गरिएको उनले बताए । प्रतियोगिताको ब्यवस्थापकिय जिम्मेवारी जनता नमुना माबिलाई दिइएको अध्यक्ष बिकले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि बिभिन्न उपसमिति गठन गरिएको र सम्पूर्ण समितिहरुले आ–आफ्नो कामको तयारी पुरा गरेको सचिवालय संयोजक माधव शर्माले बताए । भोलि १ बजेबाट सुरु हुने प्रतियोगिता १० गते सम्म चल्ने छ । खजुरा गाउँपालिकाले प्रतियोगिता अवधिभर विद्यालयका पठनपाठन स्थगित गरि विद्यार्थीहरुलाई प्रतियोगितामा पठाउन सूचना जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका पालिकामा आदिवासी जनजाति महासंघ गठन

६ माघ २०८०, शनिबार १८:३४
नेपालगञ्ज : बाँकेका विभिन्न स्थानीय तहमा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ गठन गरिएको छ । नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक माया पुन, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ बाँके जिल्लाको केन्द्रिय प्रतिनिधि हेमन्त कर्मचार्य, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ बाँके सभापति कृष्ण पुन, प्रत्येक स्थानीय […]