लुम्बिनी अस्पतालमा डाईग्नेष्टिक भवन बन्ने

१२ आश्विन २०७६, आईतवार १७:५४
 

सदरलाइनडटकम,
बुटवल : १ सय ९ बर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नयाँ डाईग्नेष्टिक भवन बन्ने भएको छ । प्रदेश ५ सरकार समाजिक विकास मन्त्रालयको १८ करोडको लागनीमा उक्त भवन बन्ने भएको हो । उक्त भवनको आईतवार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले उक्त भवनको शिलान्यास गरेका हुन् ।
पुरानो अस्पतालको पुरानो भबन जीर्ण बन्दै गएपछि नयाँ भबन बनाउन शुरु गरिएको र भवन बनेपछि जनताले स्तरीय सेवा पाउने विश्वास लिएको छ । नयाँ डाईगेनिष्टक भवन भ्याटबाहेक १८ करोडको रहेपनि टेन्डर प्रक्रियाबाट १७ करोड ७८ लाख ७८ हजारको लगातमा डाँफे निमार्ण सेवा प्रालीले बनाउने जिम्मा पाएको अस्पतालका सुपरिटेण्डेट डा. कृष्ण खनालले बताए ।
पाँच तलासम्म बनाउनसक्ने भवनको अहिले अन्डर ग्राउन्ड १ तला र माथि एक तला गरी २ तले भबन २ बर्ष भित्र बन्ने सम्झौतामा उल्लेख छ । प्रदेश नं. ५ सरकारले प्रदेशको गौरवको आयोजनामा राखेको अस्पतालको स्तर बृद्धि गर्दै जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने रणनीति छ । त्यहिअनुरुप नयाँनयाँ भवन निर्माण भइरहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले अस्पतालले छ्टिै डायलासिस सेवासमेत शुरु हुन लागेको बताए ।

Next Post

नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण मंसिर ७ गते हुने

१२ आश्विन २०७६, आईतवार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालगञ्ज म्यारथनको पाँचौ संस्करण आगामी मंसिर ७ गते ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना गरिने भएको छ । क्रियटिभ ह्याण्ड्सले आयोजना गर्दै आएको नेपालगन्ज म्याराथन २०१९ को तयारी तिब्र पारिएको छ । दश वर्षे सशस्त्र द्वन्द्वको औपचारिक अन्त्य भइ बृहत शान्ति […]