नेपालगञ्जबाट गएको जीप सल्यानमा दुर्घटना हुँदा सात घाइते

सदरलाइन संवाददाता २८ चैत्र २०७८, सोमबार १५:२६
 

नेपालगञ्ज : सल्यानमा सोमबार बिहान जीप दुर्घटना हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सुत्केरी बोकेर बागचौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जीप छत्रेस्वरी गाउँपालिका– ६ चैबाङज्युला नजिकै दुर्घटनामा परेको हो ।


दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा बागचौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीय सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीयाया प्रकृति बस्नेत र ७ दिने शिशु रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक अर्जुन पौडलेका अनुसार दुर्घटनामा परेर घाइते भएका सबैको अवस्था सामान्य छ। सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भएर दुर्घटनामा परेको र सडकदेखि पाँच मिटर तल शारदा नदीमा किनारमा खसेको छ । गाडी चालक कपुरकोट गाउँपालिका–४ गाडापानी निवासी जगतकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रूकुम पश्चिममा टेलिकमको टावरमा खराबी

२८ चैत्र २०७८, सोमबार १५:२६
नेपालगञ्ज : रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा जाजरकोटको पूर्वी क्षेत्र, आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भागका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन् । सेवा अवरुद्ध हुँदा यस क्षेत्रका हजारौं सेवाग्राही मर्कामा परेका छन् । डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले दुई दिनदेखि सेवा […]

ताजा अपडेट