दुबै देशका सुरक्षा अधिकारीद्वारा जमुनाहा नाकाको निरीक्षण

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १७:४५
 

नेपालगञ्ज : नेपालसँग सिमाना गाँसिएको भारतीय सीमावर्ती जिल्ला बहराईचका सुरक्षा अधिकारीहरूले यहाँस्थित नेपाल भारत सिमानाको निरीक्षण गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।

भारतको बहराईच जिल्लाका प्रहरी प्रमुख एसपी वृन्दा शुक्लाको नेतृत्वमा रहेको सुरक्षा अधिकारीहरूको एक टोलीले यहाँस्थित नेपाल भारत नाकाको निरीक्षण गरेर सुरक्षा अवस्थाको जानकारी लिएको हो ।

बहराईचका प्रहरी प्रमुख एसपी शुक्लाले रुपईडिहा नाकामा पुगेर भारतीय सुरक्षा चेकपोष्टहरुको निरीक्षण गर्नुका साथै नेपाल भारत नाका जमुनाहाको दशगजासम्म पुगेर दुवै देशका नागरिकहरूको आवागमन र सुरक्षा चेकजाँच बारे जानकारी लिएको बताए । उनले भारतमा २२ जनवरीमा अयोध्यामा हुने राम मन्दिरको उदघाटन, २६ जनवरीको गणतन्त्र दिवस र केही महिनापछि हुने लोकसभाको निर्वाचनका लागि नाकामा विशेष सुरक्षा व्यवस्था गर्नुपर्ने देखिएकोले सोही कार्यका लागि सिमानाको निरीक्षण गरेको बताए ।


सो अवसरमा एसपी शुक्लाले नाकामा रहेका भारतीय सुरक्षा अधिकारीहरूलाई विशेष निर्देशन दिनुका साथै नेपाली नाकामा रहेका सुरक्षाकर्मीहरूसँग पनि समन्वय र सहकार्यबारे सोधपुछ गरेका थिए । रुपईडिहा नाकामा आयोजना गरिएको एक कार्यक्रममा उनले सुरक्षा अधिकारीहरूलाई सम्बोधन गर्दै खुला सीमानाका कारण आपराधिक लगायत अन्य विभिन्न गैर कानुनी कार्य गर्नेहरूले आवागमन गर्ने सम्भावना रहेकोले सचेत भएर जाँच बढाउनु पर्ने बताए ।

सोही अवसरमा एसपी शुक्ला लगायतको टोलीले सिमाना नजिक रहेका भारतीय गाउँमा पुगेर नागरिकहरूसँग संवाद गर्दै नाकाबाट हुने कुनै पनि गैर कानुनी काम र घुसपैठबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरेका थिए । उनले नाकामा बसोबास गर्ने नागरिकलाई धेरै सूचना र जानकारी हुने भएकोले कुनै पनि सूचना पाउनसाथ प्रहरी र एसएसबीलाई जानकारी गराउन अनुरोध गरे ।

सुरक्षा अधिकारीहरूको सो टोलीमा सशस्त्र सीमा बल ४२ औँ वाहिनीका डिप्टी कमांडेंट दिलीप कुमार, पुलिस क्षेत्राधिकार नानपारा राहुल पाण्डे, प्रभारी निरीक्षक रुपईडीहा थाना शमशेर बहादुर सिंह, नायब तहसीलदार नानपारा शैलेश अवस्थी सहितको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको पदस्थापन

२६ पुष २०८०, बिहीबार १७:४५
नेपालगञ्ज : एमाले निकट नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको पदस्थापन कार्यक्रम बिधिवत रुपमा सम्पन्न भएको छ । लामो समयदेखि कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको संघको नेतृत्वमा भिम बहादुर रानाभाट दोस्रो अधिवेसनवाट नेतृत्वमा सर्वसम्मत चयन भएका हुन् । नेपालगंञ्ज उद्योग बाणिंज्य संघका माहासचिव समेत रहेका रानाभाटले नेकपा एमाले जिल्ला कमिटी बाँकेको […]