एटिएम चोर्दै गरेका दुई भारतीयसहित विभिन्न अपराधमा संलग्न ७ नियन्त्रणमा

सदरलाइन संवाददाता २३ मंसिर २०७७, मंगलवार १८:४०
 


नेपालगञ्ज : बाँके प्रहरील एटिएम मेसिन फोडेर चोरी गर्न लागेको अवस्थामा पक्राउ परेका दुई भारतीयसहित बिभिन्न अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा गत मंसिर २१ गते नेपालगञ्जको कारकाँदो चोकमा रहेको माछापुच्छ«े बैंकको एटिएम मेसिन तोडफोड गर्ने भारत रुपैडिहाका २१ वर्षिय मोबिन अली र सलवान अलीलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

यसैगरी प्रहरीले जबरजस्ती करणीको मुद्दमा फरार रहेका बाँके नरैनापुर–२ का ३४ वर्षिय हेमन्तकुमार शर्मालाई पनि नियन्णमा लिएर सार्वजनिक गरेको छ । उनलाई अदालतबाट १० बर्ष कैद सजाय समेत फैसला भएको अवस्थामा ईप्रका भगवानपुरले नियन्त्रणमा लिएर जिल्लामा पठाएको थियो ।

बाँके प्रहरीले ज्यान मार्ने उद्देश्यले कुटपिट गर्ने कार्यमा संलग्न नेपालगन्ज–२० का १९ वर्षि दिनेश पुरी, धर्म ओली, उमेश घर्तीमगर, २१ वर्षिय सुरज कुँवरलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।

प्रहरीले दाङ्गका दत्तबहादुर नाथको रिक्सामा छुटेको ७ लाख ४० हजार रकम फेलापारी पीडितलाई सोही पत्रकार सम्मेलनमा उपलब्ध गराएको छ । प्रहरीले यसअघि पनि गत मंसिर १० गते बैजनाथ–३ राधिका बिकको झोलासहति हराएको ४ लाख फेलापारी बुझाएको थियो ।


सो पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रहरी उपरिक्षक ओमबहादुर रानाले बाँके प्रहरीले प्रबिधिको सहायताले हराएको नगद फेलापारी संबन्धित पीडितलाई बुझाउनुको साथै एटिएम मेसिन चोरी हुँदै गरेको अवस्थामा दुई भारतीय नागरिकलाई सिसिटीभिको सहायताले नियन्त्रणमा लिन सफल भएको बताए ।

उनले बाँके प्रहरीले मंसिर महिनामा मात्रै पैसा हराएको २ वटा घटनालाई प्रविधिको कारण सफलता प्राप्त गर्न सकेको जानकारी दिए । पैसा हराएका पीडित दत्तबहादुर नाथले भारतबाट छोरा छोरीले पठाएको नासो बाटोमै हराएपछि होस नै गुमेको अवस्थामा प्रहरीले हराएको रकम सकुशल भेट्टाएर दिएपछि आफु अति नै हर्षित भएको बताए ।

प्रहरीले सिसिटिभिको मदतले नाथ चढेको अटोको खाजी गर्दै जाँदा हराएको पैसा नेपालगन्ज–१४ का देशराज बर्माले चलाउने भे १ ह ५०१९ नं. को अटोमा फेला पारेको थियो ।

 

Next Post

बाँकेमा बुधवार आठ जना घर गए

२३ मंसिर २०७७, मंगलवार १८:४०
नेपालगञ्ज : बाँकेमा बुधवार ८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका ५ पुरुष र ३ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ८ सय ७४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका […]

सम्बन्धित