नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको पदस्थापन

सदरलाइन संवाददाता २६ पुष २०८०, बिहीबार १८:४७
 

नेपालगञ्ज : एमाले निकट नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको पदस्थापन कार्यक्रम बिधिवत रुपमा सम्पन्न भएको छ । लामो समयदेखि कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको संघको नेतृत्वमा भिम बहादुर रानाभाट दोस्रो अधिवेसनवाट नेतृत्वमा सर्वसम्मत चयन भएका हुन् ।

नेपालगंञ्ज उद्योग बाणिंज्य संघका माहासचिव समेत रहेका रानाभाटले नेकपा एमाले जिल्ला कमिटी बाँकेको सभाहलमा बिधिवत रुपमा पदभार ग्रहण गरेका हुन् । पार्टीका पोलीट ब्युरो सदस्य तथा बाँके जिल्ला ईन्चार्ज खेममान खड्का प्रमुख अतिथि रहेको कार्यक्रममा केन्द्रीय सदस्यहरु सुर्य ढकाल, शान्ती ढकाल, महोम्मद हारुन हलवाई, पशुपति दयाल मिश्राको समेत उपस्तिथी रहेको थियो ।

बाँकेको आठैवटा पालीकाका नेकपा एमाले निकट उद्योगी व्यबसायीहरुलाई समावेश गरी समितिलाई ४५ सदस्य कार्यसमिति रहने गरि थप सदस्यहरु मनोनित गर्नुका साथै ९ जना सल्लाहाकार समेत मनोलयन गरेको अध्यक्ष रानाभतटले जानकारी दिए ।


उनका अनुसार कार्यसमितिमा अध्यक्ष १ जना , २ जना उपाध्यक्षहरुमा उषा थापा र श्याम सुन्दर अधिकारी सचिवमा बिष्णु खनाल, कोषाध्यक्षमा पिताम्वर मरासिनी निर्वाचित भएका थिए भने उपसचिवमा तिनजना रामचन्द्र तिवारी, शर्मीला खत्री र अनन्तकुमार शाह साथै सह कोषाध्यक्ष्यमा बिष्णु मायाँ शाही रहेका छन ।

कार्यक्रममा केन्द्रीय सदस्य शान्ती ढकालले, नेपाल उद्योग तथा ब्यापार माहासंघ पार्टीको सबै भन्दा कान्छो जनबर्गीय संगठन भएता पनि पार्टीको अभिन्न अंङ्ग रहेको कुरा औल्याउँदै नवनिर्बाचित कममिटीलाई बधाई तथा सफल कार्यकालको कामना गरेकी थिईन ।

संघका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले आफु २०७४ सालदेखि संघको नेतृत्वमा रहेर काम गरी संघलाई अहिलेको अवस्थामा पुराएर पद हस्तान्त्रण गर्न पाउँदा निकै नै गौरव महसुश भएको वताउनुका साथै नवनिर्बाचित कममिटीलाई बधाई तथा सफलकार्यकालको कामना समेत व्यक्त गरेका थिए् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रो सिभिल कृषि सहकारी संस्थाको अध्यक्षमा रेग्मी

२६ पुष २०८०, बिहीबार १८:४७
नेपालगञ्ज : नेपालगंञ्ज–२० अवस्थित हाम्रो सिभिल कृषि सहकारी संस्थाको अध्यक्षमा डिल्लीराज रेग्मी चयन भएका छन् । संस्थाको नवौं बार्षिक साधारण सभाद्वारा रेग्मी दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् । राँझा एयरपोर्ट स्थित संस्थाको कार्यालयमा आयोजित कार्यव्रmममा पायोनियर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सशी स्वाँर प्रमुख अथिति रहेकी थिईन् […]