बाँकेमा १५ संक्रमित थपिए, ६ जना डिस्चार्ज

सदरलाइन संवाददाता २० आश्विन २०७८, बुधबार १२:५२
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८१ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३९ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।


तीमध्ये बाँकेका ९ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २६९ पुगेको छ ।

यस्तै बुधवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवारदेखि सोह्र श्राद्ध सकिँदै

२० आश्विन २०७८, बुधबार १२:५२
नेपालगञ्ज : पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज बुधबार सकिँदै छ । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि औंसीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा घर वा तिर्थस्थलमा पितृहरूको श्राद्धकर्म गरी पितृको सम्झना गर्ने धार्मिक प्रचलन छ । जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ […]