लुम्बिनी प्रदेशको क्रिकेट टिम छनौटप्रति बाँकेको आपत्ति

सदरलाइन संवाददाता २५ पुष २०८०, बुधबार १४:३७
 

नेपालगञ्ज : सिद्धार्थनगरमा पुस २८ शनिबारदेखि शुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे बाँके जिल्ला क्रिकेट संघले बिरोध जनाएको छ । छनौट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरि २२ जनाको अन्तिम नामावली प्रति आफुहरुको बिरोध रहेको पत्रमा उल्लेख गरिएको छ । बाँके जिल्लाबाट टिममा परेका ३ जना खेलाडी सहभागी नहुने समेत घोषणा मंगलबार पत्रमार्फत अध्यक्ष सरोवर प्रसाईले गरेको छ ।

लुम्बिनी प्रदेश टिममा सुसान्त सिह थापाको कप्तानीमा मोहमद साहब अन्सारी, लभकुश यादव, सिद्धान्त शाही, सम्राट भुषाल, एकलाख अहमद, दिलसाद अलि, अजित यादव, नर बहादुर सार्की, रुपेश बश्याल, कृष्ण कार्की, मृनल गुरुङ, अभिषेक गौतम, राहुल चौहान, विष्णु कठरिया, प्रज्वल थापा, बिराट भण्डारी, बिर बहादुर सारुमगर, मोहन खत्री, मोहमद हुसैन, प्रतिक भट्टराई र निर्मल गुरुङलाई पुस २३ गते छनौट समितिका चिफ कोच बसन्त शाही, प्रदेश सदस्य धिरज क्षेत्री र सचिव कैलास रोक्कामगरले पत्रमार्फत जानकारी गराएको थियो ।

यता बुटवलटुडेसंग कुरा गर्दै अध्यक्ष प्रसाईले आफना खेलाडीहरु राम्रो खेल्दै जितेर टप हुदा पनि राम्रा खेलाडी पर्न नसकेको गुनासो गरे । ‘लिग खेलमै बाहिरीएका टिमबाट टिममा खेलाडी परेका छन ।’—उनले भने । यसरी छनौट भएमा २—४ वर्षमा बाके जिल्लाबाट राष्टिय टिममा खेल्ने खेलाडी पर्ने सम्भावना नरहेको उनले बताए । सेलेक्टरप्रति चित्त नबुझेको कारण आफुहरु खेलाडी नपठाउने निर्णय गरेको उनले बताए । यो छनौटमा कोटा सिस्टमको बिरोध पनि भएको बताए । स्कोर सिट र पर्फमेन्स सबै हिसाबबाट आफनो टिमबा धेरै खेलाडी पर्नुपर्ने उनले बताए । पुरानो खेलाडीमात्र टिमले भर्ने काम भएको उनले दुखेसो गरे ।


यता प्रदेश सदस्य धिरज क्षेत्रीले भने छनौट खेलमा ७ जिल्लाबाट ८४ जनामा खेलाडीहरुले खेल प्रदर्शन गरेको आधारमा अन्तिम २२ जनाको छनौट गरिएको बुटवलटुडेलाई बताए । विजेता टिमबाट धेरै खेलाडी पर्ने सम्भावना कुनै हालतमा नरहेको भन्दै आफुहरुले सही निर्णय गरेको दाबी गरे ।

पुस १२ देखि पुस २२ गतेसम्म संचालन भएको प्रधानमन्त्री कप पुरुष एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि विजेता बाँके जिल्ला आफनो टिमबाट कम खेलाडी परेको गुनासो रहेको उनले बताए । बाँके जिल्लाका खेलाडीहरुबाट उत्कृष्ट खेल प्रदर्शन गरेको स्वीकादै त्यही टिमबाट आठ जना पार्नुपर्ने माग सही नभएको उनले बताए । ‘अब २२ जनाबाट १४ टिम तयार हुन्छ ।’—उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाख्रा अनुसन्धान इकाईमा आगलागी, ६२ वटा बाख्रा मरे

२५ पुष २०८०, बुधबार १४:३७
खजुरा (बाँके) : कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा आगोमा जलेर मरेको छ । बाँकेको जानकीमा रहेको लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा मध्यराती आगलागी हुँदा इकाईमा रहेका मध्य ६२ वटा बाख्रा मरेको हो । विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो […]