बाल अधिकार, बाल संरक्षण तथा समस्या व्यबस्थापन तालिम

३१ असार २०७३, शुक्रबार १३:५०
 

427946_138649662948391_467050169_nसदरलाइनडटकम
३१ असार, नेपालगन्ज  :    सेभ द चिल्ड्रेनका साझेदारीमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित एकिकृत परियोजना अन्र्तगत गठित बाल संरक्षण समितिका पदाधिकारी, पारा सामाजिक कार्यकर्ता र स्थानीय श्रोत व्यक्तिहरुलाई बाल अधिकार, बाल संरक्षण र समस्या व्यबस्थापन सम्बन्धी तालिम दिईएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा न. ३, १०, ११, १६ र १७ का २१ जनाको सहभागीतामा रहेको तालिममा बाल अधिकार, यसको विकासक्रम, बालसंरक्षण, पारा सामाजिक कार्यकर्ताको भुमिका, जोखिममा रहेका बालबालिका र उनीहरुको समस्या व्यबस्थापनमा ध्यानदिनु पर्नेकुरा, जोखिममा रहेका बालबालिको स्याहार योजना निर्माण तथा दस्तावेजिकरणको विषयमा सहाजिकरण गरिएको थियो ।
३ दिनसम्म सञ्चालित तालिममा छलफल, अनुभव साटासाट, प्रदर्शनी तथा समुहकार्य बिधिका माध्यमबाट सेभ द चिल्ड्रेनका बालसंरक्षण अधिकृत बिरेन्द्र थापा र बाँके युनेस्को क्लबका परियोजना संयोजक आशिष बर्माले सहजीकरण गरेका थिए । तालिम बालअधिकार अधिकृत शोभाराम बस्नेतले जिल्ला बाल कल्याण समितिको भूमिका विषयमा छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनमोहन शिक्षण अस्पतालद्धारा आन्दोलन घोषणा

३१ असार २०७३, शुक्रबार १३:५०
सदरलाइनडटकम ३१ असार, काठमाडौं, : मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । शुक्रबार नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा आयोजित विशेष भेलाले विभिन्न मागहरु राखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमहरुमा विभिन्न दलका अध्यक्षहरुलाई शुक्रबार नै ज्ञापनपत्र बुझाउने, विभिन्न पार्टीका सदस्यहरुसँग साउन १ […]

सम्बन्धित