सदरलाइनडटकम,
सुर्खेत : विद्यालय जान्छौँ भनेर बेपत्ता भएका सुर्खेतको सिम्ता गाउँपालिकाका तीनजना बालिका बुटवलमा भेटिएका छन् । गत पुष १० गते सिम्ता गाउँपालिका ९ खानिखोलाकी १४ वर्षीया निशा सिंह ठकुरी, सोही ठाउँकी १५ वर्षीया यमुना खत्री र उनकी १२ वर्षकी बहिनी रिसिमा खत्री स्कुल जान्छौँ भनेर बेपत्ता भएका थिए ।
उनीहरुलाई आइतवार बिहान बुटवल पासपार्क आसपास भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख निरज चौलागाईले बुटवल प्रहरीको सहयोगमा उनीहरुलाई फेला पारिएको बताए । उनका अनुसार एकजना मानिससँगै उनीहरु बुटवल बसपार्कमा भेटिएका हुन् । प्रहरीले ती मानिसको नाम खुलाएको छैन ।
बुटवल फूपूको घर जाने भन्दै कोहलपुरसम्म उनीहरु गएको र त्यहाँबाट बुटवल जाने गाडी खोजेको अनुसन्धानमा पत्ता लागेपछि प्रहरीले बुटवल बसपार्कमा उनीहरुलाई फेला पारेको हो ।
