कोरोनाबाट बाँकेकी एक महिलाको मृत्यु

सदरलाइन संवाददाता ११ मंसिर २०७८, शनिबार १२:४८
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजना बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका–११ का ६४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

कार्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ गते थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकी उनको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार राती ११ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।


योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका ३४३ जनाको मृत्यु भएको छ । त्यस्तै उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ४३३ जनाको हालसम्मको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र २ को सभापतिमा रमेश गुप्ता निर्वाचित

११ मंसिर २०७८, शनिबार १२:४८
नेपालगञ्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित भएका छन् । स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति सहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गुप्ताले २३९ र बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे । यस्तै […]