बाँके प्रहरीद्वारा पौने ३ लाखको अवैध सामान बरामद

सदरलाइन संवाददाता ११ माघ २०७८, मंगलवार १३:३०
 

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले भन्सार छली गरेर ल्याइएका लाखौं मुल्य बराबरका अवैध सामग्री बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डमा खटिएको टोलीले नेपालगञ्ज १० ट्राफिक चोकबाट भन्सार छली गरेर ल्याउँदै गरिएका पौने ३ लाख रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको छ ।


प्रहरीका अनुसार बरामद गरिएका अवैध सामग्रीहरुमा १ लाख २० हजार रुपैयाँ बराबरका रुमाल, ७५ हजार रुपैयाँ बराबरका लेडिज लुङ्गी, ४५ हजार रुपैयाँ बराबरका लेडिज कुर्ती, २० हजार रुपैयाँको अण्डर वेयर, ९ हजार रुपैयाँ बराबरको चिनी र ९ हजार रुपैयाँ बराबरका लेडिज सुट रहेका छन् ।

बरामद गरिएका २ लाख ७८ हजार रुपैयाँका सबै अवैध सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चरेशसहित बाँकेमा एक महिला पक्राउ

११ माघ २०७८, मंगलवार १३:३०
नेपालगञ्ज : नेपालगञ्ज एयरपोर्टबाट प्रतिबन्धित लागुऔषध चरेशसहित मंगलवार एकजना महिला पक्राउ परेकी छन् । तिलागुफा नगरपालिका–७ जुम्लाकी ५० वर्षीया कृष्णकला शाहीलाई विमानस्थलबाट ३३ ग्राम चरेशसहित पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । बुद्ध एयरको पौने १० बजेको फलाइटबाट काठमाण्डौ जान लागेकी शाहीलाई टर्मिनल हलबाट बाहिरीने क्रममा महिला सुरक्षाकर्मीले […]