क्यारिङबाट ल्याइएको भारतीय तरकारी नियन्त्रणमा

सदरलाइन संवाददाता १२ पुष २०८०, बिहीबार १४:३७
 

कोहलपुर (बाँके) : बाँकेका बिभिन्न स्थान तथा छिमेकी मुलुक भारतको रुपईडिहाबाट साईकलमा क्यारिङ गरि कोहलपुर क्षेत्रमा बेच बिखन गर्ने साईकलवालहरुको सामान सहित साईकल नगर प्रहरी कोहलपुरले नियन्त्रणमा लिएको छ । सामान खरिद गरेको बिल विजक नभएपछि करिव १ दर्जन क्यारिङवालाहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानिय स्तरमा तरकारीको राम्रो उत्पादन भईरहेको सन्दर्भमा भारतबाट सस्तो तथा भण्सार छलि गाउँ गाउँमा पुगेर तरकारी बेच्दै हिँडेका केहि भारतिय र केहि बाँकेकै साईकिलवालाहरुलाई नियन्त्रिणमा लिंदै नगर प्रहरीले आईन्दा भन्सार गरेर बिल विजक ल्याएको खण्डमा निर्वाध ब्यापार गर्न दिने शर्तमा सम्झाई बुझाई प्रति साईकल ५ सय जरिवाना तिराएर छोडिएको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताए । उनले हवलदारपुर, हाईस्कुल तथा चौराहबाट नियन्त्रणमा लिई कारवाहिको दायरामा पारेको बताएका छन् ।


अहिले कोहलपुर, राप्ति सोनारी, बैजनाथ लगाएतका पालिकाहरुमा स्थानिय किसानहरुले उत्पादनमा बृद्धि गर्दै कोहलपुर, हवलदारपुर स्थित कृषि हाट बजारमा आफना उत्पादनहरु विक्रि वितरण गरिरहेका छन । स्थानिय स्तरमा उत्पादित कृषि फसल बिक्रिलाईचुनौती दिंदै आयातित तरकारीले वजार पाउनु दुखद भएको भन्दै यस्ता क्यारिङवालाहरुलाई नियन्त्रणमा लिंदै स्थानिय उत्पादनलाई प्रोत्साहनका लागि नगर प्रहरीले गरेको यो कदमलाई स्थानिय कृषकहरुले प्रशंसा समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

१२ पुष २०८०, बिहीबार १४:३७
नेपालगञ्ज : बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै बिहीवार उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर […]