सदरलाइनडटकम,
नेपालगञ्ज : दोस्रो मेयर कप जुडो प्रतियोगिता नेपालगञ्जमा शुरु भएको छ । प्रतियोगितामा महिला र पुरुष गरि ८० जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा महिला तर्फ ३२ केजीदेखि ५२ र पुरुषतर्फ २५ देखि ५० केजी तौलको खेल हुने बाँके जिल्ला जुडो संघका अध्यक्ष पदम बुढाथोकीले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला जुडो संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन मेयर डा. धवलशमशेर राणाले गरे । पहिलो दिन २५ केजी तौल समुहका खेल भएका छन् ।
२५ केजी तौल पुरुषतर्फ कम्दीका भुपेन्द्र घर्तीमगर प्रथम, डलैपुरका दिनेश परियार दोस्रो र कम्दीकै हिमाल खड्का तेस्रो भए । त्यसैगरि, महिला ३६ केजी तौल समूहमा कम्दीकी कविता बुढाथोकी प्रथम र डलैपुरकी गंगा बोहरा दोस्रो भइन् । प्रतियोगिता शनिवारसम्म सञ्चालन हुनेछ ।
