सुर्खेत : कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा तीन जना वेपत्ता भएका छन् । सात जनाको भने जिवित्तै उद्धार भएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका–३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ बिजौरा जाँदै गरेको डुङ्गा दुर्घटना हुँदा दुई महिला र एक बच्चा बेपत्ता भएको सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।


बेपत्ता हुनेहरूमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ की २० वर्षकी पार्वती थापा, २० वर्षकै उर्मिला मगर र उनको १० दिनका छोरा रहेको बताइएको छ । डुङ्गामा पाँच महिला, तीन बालबालिका र दुई जना चालकगरी १० जना सवार थिए ।
तीमध्ये सात जनाको उद्धार गरिएकोे डीएसपी घर्तीले बताए । वेपत्ता भएकाहरुको कैलाली र सुर्खेत दुवै तर्फबाट खटिएका प्रहरीको टोलीले खोजी गरिरहेको छ । कर्णाली नदीमा पानीको सतह बढी भएकाले खोजीमा समस्या भइरहेको छ ।