सदरलाइनडटकम,
नेपालगञ्ज : शुक्रवार देशभरमा कोरोनाका २० जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये बाँकेका १४ जना रहेका छन् । नरैनापुर गाउँपालिकाका १३ र राप्तीसोनारी गाउँपालिकाका १ गरी बाँकेमा १४ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै कैलालीमा ३ जना, डडेल्धुराका परसुराम १० का १ जना, बैतडी शिवनाथ १ का १ जना र मोरङको रतुवामाई वडा नं. २ का १ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । जसमध्ये ४ सय ३३ पुरुष र ७४ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । हालसम्म निको भएर ७० जना डिस्चार्ज भएका छन् भने मृतकको संख्या ३ पुगेको छ ।
Next Post
मुख्यमन्त्रीसहित १६५ को कोरोना रिपोर्ट नेगेटिभ
९ जेष्ठ २०७७, शुक्रबार १६:४०
सम्बन्धित
-
१९ चैत्र २०७३, शनिबार १६:३९
म्यादी प्रहरीमा छनौटका क्रममा एकको मृत्यु
-
११ भाद्र २०७६, बुधबार १७:२२
मृगौला पीडितलाई वडाध्यक्ष बेहनाको सहयोग
-
१८ फाल्गुन २०८०, शुक्रबार १७:४७
अठोटले मूर्तिकार बनायो : पुन
-
१७ असार २०७९, शुक्रबार १५:१६
भारतलाई विद्युत् बेचेर नेपालले २८ दिनमा कमायो १ अर्ब ७२ करोड
-
१४ कार्तिक २०८०, मंगलवार १४:३३
फूलखेतीमा रमाउँदै बाँकेकी चर्तिमगर
-
१ बैशाख २०७४, शुक्रबार १६:०३
नेपालगन्जमा यसरी मनाईयो दोस्रो राष्ट्रिय झण्डा दिवस(फोटो सहित )