बर्दियामा एक युवतीको शव भेटियो

सदरलाइन संवाददाता १९ असार २०७९, आईतवार १३:२८
 

नेपालगञ्ज : बर्दियाको बासगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ ।

अन्दाजी २४–२५ वर्षीया युवतीको शव फेला परेको हो । उनको पहिचान खुलेको छैन ।


गाढा रातो रङको साधारण फिता भएको चप्पल, रातो रङको कुर्ता र हरियो रङको सुरुवाल लगाएकी महिलाको शव घाँटीमा सलले बेरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको मणिपुरमा पहिरो जाँदा २५ जनाको मृत्यु, ३८ बेपत्ता

१९ असार २०७९, आईतवार १३:२८
काठमाण्डौ : भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा […]

सम्बन्धित