कोहलपुरका वादी समुदायले बुझाए सांसद चौधरीलाई ज्ञापनपत्र

सदरलाइन संवाददाता ५ पुष २०८०, बिहीबार १४:५२
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका वादी समुदायले ज्ञापनपत्र बुझाएका छन् । बाँके क्षेत्र नं.१ प्रदेश १ को २ का लुम्बिनी प्रदेश माननीय दुर्गाप्रसाद चौधरीलाई जनता आवास कार्यक्रम समावेश गरिदिनका लागि वादी समुदाय अध्यक्ष टिका वादी लगाएतको टोलीले ज्ञापन पत्र बुझाएका हुन् । कोहलपुर वडा नं.११ स्थित लोकनगरमा वादी समुदायले उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

कोहलपुर नगरपालिका भित्र मात्र वादी समुदायका १ सय २ घर परिवार रहेका छन। ज्ञापन पत्र बुझाउदै अध्यक्ष टिका वादीले प्रदेश स्तरमा पहिलो प्राथमिकतामा उक्त कार्यक्रम समावेश गरिदिन आग्रह समेत गरिन् ।


ज्ञापनपत्र बुझ्दै पूर्व मन्त्री तथा सांसद चौधरीले जनताका आधारभूत आवश्यकताहरुमा आफ्नो ध्यान केन्द्रित हुने विश्वास दिलाए । उनले प्रदेश स्तरमा यस विषयमा पहिलो प्राथमिकताका साथ आफ्नो ध्यान केन्द्रित हुने समेत बताए ।

त्यसै गरी सांसद चौधरीले हाल वादी समुदायको भोग्नु परेको समस्याहरु बारे अन्तरक्रिया समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा नर्स कार्यक्रम योजना तर्जुमा सम्पन्न

५ पुष २०८०, बिहीबार १४:५२
नेपालगञ्ज : नेपालगञ्जमा लुम्बिनी प्रदेशका तीन जिल्लाका विद्यालय नर्स कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले बाँके, बर्दिया र रुकुमपूर्वका विद्यालय नर्सलाई नेपालगञ्जमा बोलाएर कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको निर्देशनालयका प्रजनन् स्वास्थ्य कार्यक्रम फोकल पर्सन कौशल भण्डारीले जानकारी दिए । लुम्बिनी […]

सम्बन्धित