नेपाल वायुसेवा निगम नेपालगन्ज श्रेष्ठमाथि प्रहरी सहायक निरीक्षकले गरे हातपात

सदरलाइन संवाददाता १९ चैत्र २०७८, शनिबार १८:१८
 

नेपालगञ्ज : नेपाल वायुसेवा निगम नेपालगन्जका प्रमुख किरणमान श्रेष्ठमाथि एकजना प्रहरी सहायक निरीक्षकले हातपात गरेका छन्। नेपालगन्ज विमानस्थलमा प्रवेश दिने विषयमा भएको विवादका बीच त्यहाँ खटिएका प्रहरी सहायक निरीक्षक नवराज बमले श्रेष्ठमाथि हात हालेका हुन्।

श्रेष्ठका अनुसार बिहान चार्टर फ्लाइटमार्फत रारा जानका लागि आएको निगमको केन्द्रका कर्मचारीहरुको टोलीलाई टर्मिनलमा पस्नुअघि बोर्डिङ पास देखाउँदा पनि बमले पस्न नदिएपछि विवाद भएको थियो।

हवाइजहाज चढ्का लागि नभइ नहुने बोर्डिङ पास देखाउँदा देखाउँदै पनि प्रसनि बमले छिर्न नपाउने बताएपछि उनलाई सम्झाउन खोज्दा आफूलाई धकेलिदिएको श्रेष्ठले बताए। ती प्रहरी निरीक्षकले अरुबेला पनि यात्रुहरुलाई भेदभावपूर्ण व्यवहार गर्दै आएको पाइएको श्रेष्ठ बताउँछन्।


शुक्रबार पनि आँखैअघि टिकट नभएका व्यक्तिलाई प्रवेश गर्न दिएको तर बोर्डिङ पास भएकाहरुलाई छिर्न नदिएको उनले बताए। अन्तमा विमानस्थलको सुरक्षा इन्चार्जसहितको टोलीले सम्झाइबुझाई गरेका श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले सो घटनाबारे अनुसन्धान भैरहेको बताए। औपचारिकरुपमा उजुरी आएमा यथार्थ बुझेर दोषीलाई कारबाही गरिने उनले बताएका छन्।

यता प्रहरी स्रोतका अनुसार नेपाल वायुसेवा निगम नेपालगन्जका प्रमुख श्रेष्ठले जहाजमा टिकटबिनाका व्यक्तिलाई उडाउन खोज्दा विवाद भएको थियो। प्रहरीले बिना टिकटका व्यक्तिलाई रोक्न खोज्दा प्रमुख श्रेष्ठले दबाब दिएका बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इस्लाम धर्मावलम्बीको पर्व रोजा अर्थात् रमजान शुरु

१९ चैत्र २०७८, शनिबार १८:१८
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् । उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेदेखि बेलुका ६ बजेर २० मिनेटसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र […]