खाद्य स्वाच्छतामा सबैको इमान्दारिता हुन आवश्यक

सदरलाइन संवाददाता १ पुष २०८०, आईतवार १८:२१
 

नेपालगञ्ज : व्यवसायलाई नाफामुखी भन्दा पनि सेवामुखीभावले सञ्चालन गर्न सबैले पहल गरे मात्र खाद्य स्वच्छता आफै कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले आइतबार आयोजना गरेको खाद्य स्वाच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सबै व्यवसायिले ईमानदारिता पूर्वक आफ्नो व्यवसाय नाफामूलक भन्दापनि सेवाभावले सञ्चालन गर्न सके खाद्य स्वच्छता आफै कायम हुने कुरामा जोडदिए । उनले सबैले ईमानदारिता देखाएर व्यवसा सञ्चालन गरे समस्या नहुने तर, नाफा कमाउने होडका कारण समस्या आउने गरेको बताए ।


उनले व्यवसाय सञ्चालनको क्रममा व्यवसायीले धेरै नाफा कमाउने प्रलोभनका कारण मिसावट र गुणस्तरिय खाद्य सामाग्रीलाई गुणस्तरहीन बनाउने कार्य हुँदा परिस्थिती जटिल बन्ने अवस्थामा पुग्ने र त्यस्तो अवस्थामा पुग्न नदिनको लागि नियमित अनुगमन, निरिक्षण गरी पुरस्कृत र दण्डित गर्नु पर्ने अवस्था सृजना भएको बताए ।

निमित्त कार्यालय प्रमुख अमित भुषण सुमनले कार्यालयबाट भएका विभिन्न गतिविधिको बारेमा प्रस्तुती गरेको कार्यक्रमको सहजिकरण खाद्य अनुसंधान अधिकृत एकराज बुढाथोकीले गरेको कार्यक्रममा खाद्य अनुसंधान अधिकृत अञ्जु हुमागाईले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेकी थिईन ।

सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम, प्रभातकुमार ठकुरी, दुग्ध व्यवसायी संघका दिपकराज भण्डारी, पानी उद्योग संघका विपिन गौतम, होटल व्यवसाय संघका रंगबहादुर खड्का, लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा पनि भब्यताका साथ मनाईयो विवाह पञ्चमी

१ पुष २०८०, आईतवार १८:२१
नेपालगञ्ज : विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष झैं यस वर्ष पनि नेपालगञ्जमा भब्य र सभ्य तवरले परम्परागत रुपले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको विवाह धार्मिक परम्परागत रुपमा सम्पन्न गरिएको छ । नेपालगन्ज त्रिभुवन चोक स्थित मन्दिरबाट बाजागाजासाथ निकालिएको भगवान श्रीरामको बारात (जन्ती) नगर परिक्रमा गर्दै गंगनगञ्ज स्थित जानकी मन्दिर प्रांगण पुगि […]