जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

सदरलाइन संवाददाता २८ असार २०८०, बिहीबार १४:०२
 

बर्दिया : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार, थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो


त्यस्तै, ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका–६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा शपिङ कम्प्लेक्ससहितको बसपार्क

२८ असार २०८०, बिहीबार १४:०२
नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित चौराहामा शपिङ कम्प्लेक्ससहितको बसपार्क निर्माण गरिएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न बसपार्क साउन पहिलो साताभित्रै औपचारिक रुपमा सञ्चालन आउने भएको हो । नगर विकास कोषसँगको साढे ३० करोड ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको हो । नगर विकास कोषको ६० प्रतिशत र […]