वडानं. १२ का जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर

सदरलाइन संवाददाता ७ फाल्गुन २०७९, आईतवार १६:३२
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं. १२ का जेष्ठ नागरिकलाई लक्षित गरी एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

नेपाली उपभोक्ता संरक्षण महासंघ जिल्ला कार्य समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडानं. १२ संग समन्वय र सहकार्यमा वडामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था जाँच गरी औषधि समेत वितरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष तरुण बज्राचार्यले जानकारी दिए ।


नेपालगञ्ज उपमहानगर वडानं. १२ को जेष्ठनागरिक क्लवका अध्यक्ष अजितकुमार रेग्मीको अध्यक्षतामा सुरु भएको सो सिविरको नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले उद्घाटन गरेका थिए ।

करिव १ सयले लाभ लिएको सो शिविरमा नेपाली उपभोक्ता संरक्षण महासंघका संयोजक तथा बरिष्ठ प्लास्टिक सर्जन डा. बिनोद कर्ण, मेडिकल अफिसरहरु डा. राहुल कुर्मी, डा. सवाना मुकेरी, डा. उर्वशी गुप्ता र डा. धिरज गिरीले सेवा दिएका थिए ।

आयोजक संस्थाले नेपालगञ्जका २३ वटै वडामा विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष रहेको संयोजक डा. कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा मन्त्री केसीको जोड

७ फाल्गुन २०७९, आईतवार १६:३२
नेपालगञ्ज :  लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिएकी छन् । उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको औंल्याईन । नेपालगञ्जमा आइतबार वाइसीएल बाँकेले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटन गर्दै […]