बाँकेमा साढे १० हजारलाई रोजगारसम्बन्धी परामर्श सेवा

सदरलाइन संवाददाता ९ कार्तिक २०८०, बिहीबार १३:२०
 
?????????????????????????????????????????????????????????

नेपालगञ्ज : बाँके जिल्लाको चारवटा पालिकामा साढे १० हजार जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ ।

रोजगारीका लागि विदेश जाने र जान चाहनेलाई लक्षित गरेर जिल्लामा सञ्चालन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत चार पालिकाका सम्बन्धितलाई सो सेवा प्रदान गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालन भइरहेको सो कार्यक्रममार्फत १० हजार ५०२ जनालाई वैदेशिक रोजगारसम्बन्धि व्यक्तिगत तथा सामूहिक परामर्श सेवा प्रदान गरेको जनाइएको छ ।

कार्यक्रमका संयोजक कमलसिंह नेपालीले एक वर्षमा चार हजार ५०० लाई परामर्श सेवा दिने लक्ष्य रहे पनि दोब्बर संख्यालाई सेवा प्रदान गरिएको बताए । उनले स्वयंसेवक परिचालनमार्फत घरभेट गरेर मात्र चार हजार ४७६ लाई सेवा प्रदान गरिएको बताए ।

यस्तै, वैदेशिक रोजगारीमा जान चाहने सम्भावित कामदारलाई ८ पटक गहन अभिमुखीकरण कार्यक्रम गरेर परामर्श दिइएको कार्यक्रमका संयोजक नेपालीले बताए ।

उनले १६ पटक समुदाय अभिमुखीकरण कार्यक्रम, प्रहरी र पत्रकारसँग १–१ पटक अन्तरक्रिया, समुदायका अगुवालाई आप्रवासनको असर तथा प्रभाव तथा कामदारलाई सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरणसम्बन्धि कार्यक्रम ४ पटक गरिएको बताए ।


संयोजक नेपालीका अनुसार स्थानीय तहमा मनोसामाजिक विषयको दिगोपनका लागि अन्तरक्रिया कार्यक्रम २ पटक, स्थानीय तहको विषयगत शाखासँग अन्तरक्रिया १ पटक र सुरक्षित वैदेशिक रोजगारको सवालमा स्थानीय जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम ४ पटक गरिएको छ ।

यस्तै, कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकार कार्यक्रम व्यवस्थापन समितिको पालिकास्तरीय बैठक ८ पटक, स्थानीय सरकार कार्यक्रम समन्वय समितिको बैठक २ पटक र सम्बन्धित सरोकारवालाबाट परियोजना अनुगमन तथा मूल्यांकन ८ पटक भएको जनाइएको छ ।

कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले कार्यक्रमले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र निःशुल्क सीप सेवा प्रदान गरिरहेको बताए ।

उनले १६ जनालाई वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको बताए । व्यक्तिगत मनोसामाजिक परामर्श सेवा पाउनेको संख्या ६४ रहेको उनको भनाइ छ ।

नेपालमा २०६७ सालदेखि शुरु भएको यो कार्यक्रम अहिले देशभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको ओलीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विकास निर्माणमा अवरोध नर्गन सांसद ढकालको आग्रह

९ कार्तिक २०८०, बिहीबार १३:२०
कोहलपुर (बाँके) : बडा दशैं, दिपावली तथा छट पर्वका अवसरमा कोहलपुर १२ चप्परगौरीमा बिबिध बिषयमा छलफल गरिएको छ । संघिय सांसद सुर्य ढकालको बिषेश उपस्थितीमा वडा नं. १२ को विकास निर्माणका बिषयमा छलफल सम्पन्न भएको हो । छलफलमा विकास निर्माण गर्दा बाटो, नाला र पुल पुलेसा निर्माणका क्रममा कसैले पनि […]