नेपालगञ्जमा पनि भब्यताका साथ मनाईयो विवाह पञ्चमी

सदरलाइन संवाददाता २ पुष २०८०, सोमबार १३:२१
 

नेपालगञ्ज : विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष झैं यस वर्ष पनि नेपालगञ्जमा भब्य र सभ्य तवरले परम्परागत रुपले मर्यादा पुरुषोत्तम भगवान श्रीरामको विवाह धार्मिक परम्परागत रुपमा सम्पन्न गरिएको छ ।

नेपालगन्ज त्रिभुवन चोक स्थित मन्दिरबाट बाजागाजासाथ निकालिएको भगवान श्रीरामको बारात (जन्ती) नगर परिक्रमा गर्दै गंगनगञ्ज स्थित जानकी मन्दिर प्रांगण पुगि भब्य स्वागत गरिएको थियो । स्वागत पश्चात जन्तीमा सहभागीहरुलाई भोजन आदि समेत खुवाईएको थियो ।

सो अवसरमा नेपालगञ्जका विभिन्न संघसंस्थाहरुको सहकार्यमा गरिब विपन्न परिवारका दुई जना चेली (छोरी) हरुको विवाह समेत सम्पन्न गरिएको थियो भने धार्मिक परम्परा अनुसार छोरीलाई उपहार स्वरुप प्रदान गर्नुपर्ने बेड, विस्तर, स्टील अलमारी, कुर्ची लगायतका उपहारहरु समेत उपलब्ध गराईएको थियो ।


कशौधन वैश्य समाज, कशौधन वैश्य महिला मञ्च, मिथलिस महिला मञ्च लगायत संस्थाहरुको सहकार्यमा आर्थिक संकलन गरी कन्यदानमा लाग्ने सम्पूर्ण खर्च गरिएको सहभागीहरुको भनाई रहेको थियो ।

जन्ती स्वागतमा तल्लीन जानकी मन्दिर व्यवस्थापन समितिले फुलमाला साथ स्वागत गरेका थिए । उक्त अवसरमा भजन किर्तनको आयोजना समेत गरिएको थियो भने उक्त धार्मिक भजन किर्तनमा सहभागी भक्तजनहरुले मुन्त्रमुग्ध भई नाचेका थिए ।

विवाह पञ्चमीको अवसर पारी नेपालमा जनकपुरमा रहेको जानकी मन्दिरमा समेत प्रत्येक वर्ष भब्यताका साथ कार्यक्रम आयोजना हुँदै आईरहेको थियो । सोही अनुसार विगत ५–७ वर्षदेखि नेपालगञ्जमा समेत विवाह पञ्चमी कै अवसरमा धार्मिक आयोजना हुँदै आईरहेको मन्दिर व्यवस्थापन समितिद्वारा जनाईएको छ । उक्त अवसरमा हजारौं श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा टिप्परको ठक्करले १३ जना घाइते

२ पुष २०८०, सोमबार १३:२१
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा नजिकै टिप्परले म्याजिकलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् । सोमबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट बाँसगढी तर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको म्याजिक भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो । ठक्करबाट म्याजीक चालक सहित सवार गरी […]