बाँकेमा १३ संक्रमित थपिए, ११ डिस्चार्ज

सदरलाइन संवाददाता ५ फाल्गुन २०७८, बिहीबार १५:५०
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १० र एन्टिजेन परीक्षणबाट ३ गरी १३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा २, कोहलपुर मेडिकल कलेजमा ५ र बागेश्वरी ल्यावमा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यी तीन अस्पतालमा ७५ जनाको नमुना जाँच भएको थियो ।


यस्तै भारतबाट फर्किने ३४० जनाको एन्टिजेन परीक्षण गरिएकोमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ५ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९०८ पुगेको छ ।

यस्तै थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपति क्षेत्र विकास कोषले गोठ र टहरा हटाउन आदेश दिएकोमा विरोध

५ फाल्गुन २०७८, बिहीबार १५:५०
काठमाडौं :  मठ मन्दिर गाई बाच्छा वचाउ तथा समाज विकास अभियानले पशुपतिनाथ गुहेश्वरीमा छाडिएका गाई तथा घाइते बाच्छाहरुको उपचार, संरक्षण, पालनपोषणको लागि बनेका गोठ र टहरा १५ दिनभित्र हटाउन दिएको आदेशको विरोध जनाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले पशुपति क्षेत्र विकाश कोषले दिएको आदेशले गौसंरक्षणमा […]