कोहलपुरमा भएको रक्तदानमा ६७ प्वाईन्ट रगत संकलन

सदरलाइन संवाददाता २५ मंसिर २०८०, सोमबार १६:०२
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुरको न्युरोडमा आयोजित रक्तदान कार्यक्रममा स्वतस्र्फुत रुपमा आएका रक्तदाताहरुबाट ६७ प्वाईन्ट रगत संकलन भएको आयोजकहरुले बताए ।

जस्तो सुकै परिस्थितीमा पनि रगतको अभावले विरामीहरुको अकाल मृत्यु नहोस भन्ने पवित्र भावनाका साथ कोहलपुरमा रहेका लायन्स क्लव अफ कोहलपुर, लायन्स सयपत्रि, लायन्स कस्तुरी, लायन्स प्रोफेशनल र नेपाल रक्तदाता समाजको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रमबाट ६७ प्वाईन्ट रगत संकलन भएको हो ।

चिसोको मौसममा विरामीको संख्यामा बृद्धि हुन सक्ने र स्वास्थ्य संस्थाहरुमा रगतकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने अभिप्रायले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं सन्तोषजनक रुपमा रगत संकलन भएको छ सबै दाताहरुमा हामी आभार ब्यक्त गर्दछौं लायन टिपि न्यौपानेले भने । कोहलपुर नगरपालिकाका नगर प्रहरी, नियमित रक्तदाता, कोहलपुरमा उपलब्ध लायनहरु समेतको सहभागिता रहेको रक्तदान कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेलले आफु र आफनो संस्था संबद्ध ब्यापारीहरुले समेत सक्रिय सहभागिता जनाई रक्तदान गरेको बताए ।


लायन्स क्लव अफ कोहलपुरका अध्यक्ष उत्तम ढकाल, लायन्स सयपत्रिका अध्यक्ष याम कुमारी न्यौपाने, लायन्स कस्तुरीका अध्यक्ष प्रकाश खडका, लायन्स प्रोफेशनलका अध्यक्ष भरत पनेरु र नेपाल रक्तदाता समाजका संयोजक चिन्तामणि धितालको संयुक्त प्रयासमा उक्त रगत संकलन भएको हो ।

रगत संकलनको अभियानलाई निरन्तरता दिने बताउँदै नेपाल रक्तदाता समाजका संयोजक चिन्तामणि धितालले बिभिन्न संघ संस्था बिद्यालयहरुमा गएर रक्तदाता पक्ता लगाउने, रगत दान गर्न उत्प्रेरणा दिने र रगत संकलनको कार्यलाई निरन्तरता दिने बताएका छन । कोहलपुर ब्लड बैंकका कर्मचारीहरुको सहायतामा रगत दिन मिल्ने नमिल्ने चेकजाँच गरि रगत संकलन गरिएको आयोजकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा ट्रान्सपोर्ट भिलेज निर्माण गरिँदै

२५ मंसिर २०८०, सोमबार १६:०२
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरको व्यस्त बजारमा ढुवानीका ठुला–साना साधनले ट्राफिक व्यवस्थापनमा दिनदिनै समस्या बढ्न थालेपछि समस्या समाधानका लागि ढुवानी व्यवसायीले स्वयम् ट्रान्सपोर्ट भिलेज निर्माणमा लागेका छन् । एकै ठाउँमा ढुवानीका साधन लोड अनलोड गर्ने योजनाअनुरूप सो भिलेज निर्माण प्रक्रिया थालेका हुन् । ढुवानी व्यवसायीको सङ्गठन भेरी ढुवानी सङ्घका अध्यक्ष त्रियोगी […]