बाढीबाट बर्दियाका बस्ती डुबानमा

सदरलाइन संवाददाता १ आश्विन २०७९, शनिबार १३:४५
 

बर्दिया : अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुवानमा परेका छन । जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर–७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका–७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए ।


नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रजिअ बास्तोलाले जानकारी दिए । बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ । बबई नदीको चेपाङमा पानीको सतह ६ दशमलव १३ मिटर पुगेको छ ।

५ दशमलव ५० चेतावनी र ६ दशमलव १० मिटरलाई खतराको तह मानिन्छ । बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा दुई सय ६७ दशमलव ४ मिलीमिटर वर्षा मापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निलसागर बृद्धाश्रमलाई खाद्यान्न सहयोग

१ आश्विन २०७९, शनिबार १३:४५
नेपालगञ्ज : लायन्स क्लब अफ नेपालगञ्जले निलसागर बृद्धाश्रम नेपालगञ्जलाई खाद्यान्न सहयोग गरेको छ । शनिवार एक कार्यक्रमका बीच बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको हो । लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष पुस्कर खड्काको अध्यक्षता एवम् लायन्स क्लब अफ नेपाल ३२५ ’एन’ का प्रथम गभर्नर मुकुट ढकालको प्रमुख आतिथ्यतामा खाद्यान्न सहयोग गरिएको हो […]