भारतबाट फर्केका १० जनालाई कोरोना संक्रमण

सदरलाइन संवाददाता २३ पुष २०८०, सोमबार १४:२९
 

कञ्चनपुर : भारतमा कोरोना संक्रमण फैलिदाँ त्यसको असर नेपालमा पनि देखिने खतरा बढेको छ । भारतबाट काम गरेर फर्केका १० जना ब्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कञ्चनपुरको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कमा जाँच गर्दा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ,’ साउदले भने ।


हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन) मा बस्न सुझाव दिइएको छ । गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा मनाइँदै प्याब्सनको स्थापना दिवस

२३ पुष २०८०, सोमबार १४:२९
नेपालगञ्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) बाँकेले ३३औँ स्थापना दिवस मंगलबार मनाउँदै छ । प्याब्सन बाँकेले आफ्नो ३३औँ स्थापना दिसव २४ गते मंगलबार कोहलपुरमा मनाउन लागेको हो । ३३औँ प्याब्सन स्थापना दिवस्, शिक्षक सम्मान कार्यक्रम तथा विविध कार्यक्रम गरी मनाइने पत्रकार सम्मेलन गर्दै प्याब्सन बाँकेले जानकारी दिएको […]