सदरलाइनडटकम,
सुर्खेत : प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिवार बिहान भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविको परीक्षा केन्द्रबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) परिक्षा केन्द्रबाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
प्रहरी उपरीक्षक पन्तले नक्कली परीक्षार्थीको बारेमा अनुसन्धान शुरु गरिएको बताए । उनका अनुसार कोही आफन्तको र कोही पैसा दिएर नै नक्कली परीक्षार्थी बनेको पाइएको छ ।
