भूकम्पपीडित बालबालिकालाई छात्रवृत्ति

सदरलाइन संवाददाता २१ मंसिर २०८०, बिहीबार १३:३८
 

नेपालगञ्ज : जाजरकोट भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई बाँकेको एक निजी विद्यालयले माध्यमिक तहसम्म निःशुल्क पढाउने घोषणा गरेको छ ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको राम–जानकी माध्यमिक विद्यालयले भूकम्पपीडित बालबालिकाका लागि निःशुल्क छात्रवृत्ति व्यवस्था गरेको हो । जाजरकोट केन्द्रबिन्दु भएर एक महिनाअघि गएको भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने निर्णय भएको विद्यालयका निर्देशक दिनेश सिग्देलले जानकारी दिए ।

निर्देशक सिग्देलले भने, ‘भूकम्पबाट धेरै बालबालिकाले अभिभावक गुमाएका कारण त्यसको असर बालबालिकामा नपरोस् भनेर विद्यालयका तर्फबाट थोरै भए पनि सहयोग गर्न खोजेका छौँ ।’


भूकम्पमा परी आमा गुमाएकी स्मारिका शाहीलाई कक्षा १२ सम्म निःशुल्क पढाउने जिम्मेवारी लिएको उनले बताए । स्मारिकाका लागि शैक्षिक सामग्री समेत उपलब्ध गराइएको छ । जाजरकोट भेरी नगरपालिकामा विद्यालय शिक्षक रहनुभएकी स्मारिकाकी आमा शोभा शाहको भूकम्पमा परी निधन भएको थियो ।

विद्यालयका अनुसार हाल स्मारिकालाई कक्षा ५ मा भर्ना गरिएको छ । सोही घटनामा अभिभावकविहीन हुनुभएका थप बच्चालाई पनि निःशुल्क छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बन्ने आकाशे पुल अनिश्चित, पूर्वमन्त्रीद्वारा ताकेता जारी

२१ मंसिर २०८०, बिहीबार १३:३८
नेपालगञ्ज : नेपालगञ्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल अनिश्चित बनेको छ । सम्झौता भएको १३ महिना विते पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डिजाइन रिभ्यू स्वीकृत नगर्दा आकाशे पुल निर्माण अनिश्ति बनेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले बताए । उक्त पुलको पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले […]