सदरलाइनडटकम,
मुगु : बिषालु घाँस खाँदा मुगुको छायाँनाथ रारा नगरपालिका ५ सुपकोटमा २० वटा भेडा मरेका छन् । छायाँनाथ रारा नगरपालिका ५ का कालीबहादुर बुढाका भेडा जंगलमा चराउन लगिएका बेला जंगलामा पाइने आरे नामक बिषालु डाले घाँस खाएर मरेका हुन् ।
रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने माहदेव राराताल नजिकैको वनमा भेडा चरीरहेका भेडाले बिषालु घाँस खाएलगत्तै धमाधम मरेका किसान बुढाको भनाई छ । ७० वटा भेडा वनमा चराउन लगिएका थिए ।
आरे खाएको थाहा पाएपछि अन्य भेडालाई घरेलु औषधि खुवाइ उपचार गरेर बचाइएको थियो । २० वटा भेडा भने मरेका छन् । भेडा पालक किसान बुढाको तीन लाख बराबरको क्षति भएको छ । २० वटा भेडा मरेपछि वनमा भेडा चराउन गोठाला गएकी बुढाकी श्रीमती बेहोस भएकी थिइन् ।
