जाजरकोटमा औषधि अभाव

सदरलाइन संवाददाता ३ माघ २०७९, मंगलवार १३:४९
 

नेपालगञ्ज : जाजरकोटमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा सेवा लिन पुग्ने बिरामीले औषधि नपाएको गुनासो गरेका छन् । डाक्टरले जाँच गरेपछि औषधिको नाम लेखेर ‘फार्मेसी’ मा जान सल्लाह दिने गरे पनि औषधि नपाएको बिरामीको गुनासो छ ।

सरकारी अस्पतालका फार्मेसीमा औषधि नहुँदा निजी क्लिनिङमा किन्न बाध्य भएको भेरी नगरपालिका–१ की तली कामीले बताए । सामान्य ग्यास्ट्रिकको औषधिसमेत नपाएको उनले गुनासो गरे । त्यस्तै भेरी नगरपालिका–३ का चन्द्रबहादुर बुढाले पनि फार्मेसीबाट औषधि नपाएको बताए ।


सदरमुकामभन्दा बाहिरका पालिकाबाट सेवा लिन पुगेका बिरामीलाई समस्या पर्ने गरेको छ । फार्मेसीमा औषधि सकिएको जानकारी सम्बन्धित निकायलाई गराए पनि औषधि जिल्लामा नआएको गुनासो गरेका छन् । यस्तै, जिल्ला अस्पतालमा पाँच दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या हुँदै आएको छ ।

ओपीडी, शल्यक्रिया, एक्सरे सेवादेखि ल्याबसम्मका सबै सेवा विद्युत् नहुँदा ठप्प भएका छन् । जेनेरेटर सञ्चालन गरेर सबै उपकरण सञ्चालन गर्दा महँगो पर्ने भएकाले दैनिक अस्पतालमा काम गर्न मुस्किल भएको हो । विद्युत् प्राधिकरणले ट्रान्सर्फमर जडान गरेपनि वाइरिङ नगर्दा समस्या भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख अविशेकराज कलुवारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुलो निर्माण गरेर झरनाको पानी सदुपयोग

३ माघ २०७९, मंगलवार १३:४९
कालीकोट : कालीकोटको पचाल झरना गाउँपालिका वडा ८ मा कुलो निमार्ण भएपछि बयाल झरनाको पानी किसानले सदुपयोग गर्न पाएका छन् । मानव अधिकार तथा वातारण बिकास केन्द्र (हुरुन्डेक) नेपालको सहजिकरणमा एक हजार दुई सय मिटर कुलो निर्माण भएपछि बयाल झरनाबाट बग्ने पानी प्रयोगमा आएको हो । अनुकुलन कोषको ७२ लाख […]