नेपालगञ्जमा उम्मेद्वार परिचयात्मक कार्यक्रम

सदरलाइन संवाददाता १३ बैशाख २०७९, मंगलवार २२:०१
 

नेपालगञ्ज : बैशाख ३० गते हुने निर्वाचन लागि नेकपा एमालेको तर्फबाट नेपालगञ्ज उप–महानगरपालिकाका उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल र शुभेच्छुक संगठन नेपाल निजामती कर्मचारी संगठन नेपालगन्ज उपमहानगरपालिका ईकाई कमिटीको आयोजनामा उम्मेदवार र कर्मचारीहरु विच परिचयात्मक एवम् छलफल कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमाले जनताले समस्या पहिल्याउदै जनहितमा काम गर्ने र जनताले रुचाएको पार्टी रहेकोले एमालेको जित सुनिश्चित रहेको बताउदै उनीहरुले हालको समयमा राज्य एमालेमय बनेको दावि समेत गरेका थिए ।

अवको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोे जित रोक्न नसक्ने बताउदै नेकपा एमालेका हरेक उम्मेद्वारले आन्तरिक एकतालाई मजबुत बनाउदै अघि बढ्न आवश्यक रहेको बताएका थिए ।


मुलुकको राजनीतिलाई सहिरुपमा लैजान एमालेको जित आवश्यक रहेको बताउदै उनीहरुले सुर्यको ध्वजाबाहक उम्मेदवार जिताउनु एकमात्र उदेश्य हुनुपर्नेमा जोड दिए । उनीहरुले एमालेको नीति विचार र कार्यक्रम बारे जनतालाई जानकारी दिन आवश्यकता रहेको औंल्याउदै मेयर र उपमेयरका प्रत्यासी पशुपतिदयाल मिश्र र शान्ति ढकाललाई जितको शुभकामना दिए ।

एमालेको जितका लागि कर्मचारी संगठनको भुमिका र योगदान महत्त्वपूर्ण रहने हुनाले अब सुस्म तरिकाले निर्वाचन जिताउने प्लानिङ गर्न आवश्यक रहेको बताउदै मेयरका प्रत्यासी मिश्रले आफुहरुलाई हार्ने छुट नभएको बताए ।

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति बाकेका अध्यक्ष देविलाल चौलागाई, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष रामबहादुर चन्द, एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचनका लागि प्रचारप्रसार गर्न सहयोग होस भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा उपमेयरका उम्मेदवार शान्ति ढकाल, केन्द्रीय सदस्य नेता दिपा शर्मा, लगायत नेता तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम कर्मचारी संगठनका नगर अध्यक्ष मनराज थापाको अध्यक्षतमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एमाले कोहलपुर नगरले सुरु गर्यो सप्ताहव्यापी परिचयात्मक कार्यक्रम

१३ बैशाख २०७९, मंगलवार २२:०१
कोहलपुर : नेकपा एमाले कोहलपुरले उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । कोहलपुर नगरपालिका प्रचारप्रसार समितिले राखेको सप्ताहव्यापी उम्मेद्बार परिचयात्मक कार्यक्रम मंगलबारबाट सुरु गरेको हो यो परिचयात्मक कार्यक्रम १८ गते आइतबारसम्म रहने जनाईएकोे छ । निर्वाचनलाई लक्षित गरेर सुरु गरेको कार्यक्रममा १ नम्बर वडा २ नम्बर र ३ नम्बर वडामा कार्यक्रम […]