मुख्यमन्त्री शाह र इजरायली राजदूतबिच भेटवार्ता

सदरलाइन संवाददाता १९ मंसिर २०८०, मंगलवार १३:५३
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मंगलवार भेटवार्ता भएको छ । भेटको क्रममा मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई सान्त्वनास्वरुप राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन् ।

मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गर्नुभएको छ । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो ।


यसैगरी, हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको अवस्था अझै पनि अज्ञात छ । हमासले बेपत्ता बनाएको जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेका छन् ।

भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले आगामी फागुन २३ र २४ गते प्रदेश लगानी तथा विकास सम्मेलन गर्न गइरहेको राजदूत हनान गोडरलाई जानकारी गराएका छन् । लगानी तथा विकास सम्मेलनलाई इजरायली सरकारको साथ, समर्थन रहने राजदूतले प्रतिबद्धता जनाएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जद्वारा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

१९ मंसिर २०८०, मंगलवार १३:५३
नेपालगञ्ज : नेपालगञ्जमा २३ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । २०औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र विदाई गरेका थिए । महिला स्वास्थ्य स्वयंसेविकालाई […]