नेपाली महिला पाँच किलो चरेशसहित रुपईडिहामा पक्राउ

सदरलाइन संवाददाता ८ आश्विन २०८१, मंगलवार १९:२३
 

नेपालगञ्ज : भारतीय प्रहरीले ठुलो परिमाणको चरेशसहित नेपालगञ्जको सीमावर्ती भारतीय बजार रुपईडिहामा एक नेपाली महिलालाई नियन्त्रणमा लिएको छ । रुकुमको काँक्रे निवासी ३५ वर्षीया रेखा बुढालाई ५ किलो चरेशसहित पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।


रुपईडिहास्थित एसएसबी ४२औं वाहिनीका नि.जीडी सत्येन्द्रकुमार सिँह नेतृत्वको टोली र रुपईडिहा थानका इञ्चार्ज शमशेरबहादुर सिँहको नेतृत्वमा रहेको टोलीले संयुक्तरुपमा जाँच गर्दा बुढाको साथबाट सो परिमाणको चरेश फेला परेको हो ।

उक्त चरेशको अन्तर्राष्ट्रिय बजारमा करिब डेढ करोड मूल्य रहेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ परेकी बुढालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत बहराइच पठाईएको भारतीय प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक सातादेखि वडा कार्यालय कार्यालय सहयोगीको भरमा, स्वास्थ्य संस्था बन्द

८ आश्विन २०८१, मंगलवार १९:२३
दैलेख  : दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका १, ६ र ७ नंम्बर वडा कार्यालयहरु गत एकसातादेखि कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएका छन । चामुण्डा विन्द्रासैनी नगर कार्यापालिकाको २०८१ असोज ३ गते बसेको कार्यापालिका वैठकले करार सेवाकका कर्मचारीहरुलाई आन्तरिक आम्दानी नभएको भनि करार सेवा रद्ध गरेकाले ती वडाहरु कार्यालय सहयोगीको भरमा […]