लकडाउन प्रभावितलाई नेकपा नेपालगञ्जको राहत अभियान

१५ बैशाख २०७७, सोमबार २३:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरसको सङक्रमणको जोखिमबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण भोको पेट बस्नु पर्ने अवस्थामा पुगेका मजदुर, विद्यार्थी, डेरावाललाई सहयोग गर्न नेपालगंञ्जमा नेकपा नेपालगञ्ज उपमहानगर समितिले छुट्टै अभियान शुरु गर्ने भएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले विपद ब्यवस्थापन कोष खडा गरी राष्ट्रिय बाणिज्य बैंक धम्बोजी शाखामा बैंक खाता नै खोलिएको कमिटीका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिए ।

 

उनले दिएको जानकारी अनसार सो कोषमा सहयोग गर्न चाहाने दाताहरुले चल्ती खाता नम्बर ४१३०००६७१२०१ मा सहयोग जम्मा गर्न सक्ने छन् । उनले पार्टीका सबै तहका नेता, कार्यकर्ता, समाजसेवी, उद्योगी, ब्यवासायी सबैले सहयोग गर्न आग्रह समेत गरेका छन् ।

Next Post

कोरोना संक्रमित महिलाको पाँचौ रिपोर्ट पनि ‘पोजेटिभ’

१५ बैशाख २०७७, सोमबार २३:३७
सदरलाइनडटकम, कैलाली : सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण […]