महाकुंभ जाने यात्रु बोकेको बस बबई नजिकै पुलबाट खस्यो

सदरलाइन संवाददाता २७ माघ २०८१, आईतवार १८:३५
 

सुर्खेत :  सुर्खेतबाट कोहलपुर हुँदै भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा जान लागेका तिर्थयात्री बोकेको बस रत्नराजमार्ग अन्तर्गत बबईमा पुलबाट तल खसेर दुर्घटना भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई पुलदेखि ३ किलोमिटर सुर्खेत तिर खोलाको पुलमा भे १ ख ४३३१ नम्बरको तिर्थयात्री बोकेको बस दुर्घटना भएको प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए ।


खड्काका अनुसार भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए ।

सो घटनामा परेर ८ जना गम्भीर घाइते भएको र घाइतेलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज ल्याईदै गरेको अपुष्ठ जानकारी प्राप्ता भएको छ । थप विरण आउन बाँकी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जमा पुस मसान्तसम्म परेका उजुरी दाङ्ग र बाँकेका अधिक

२७ माघ २०८१, आईतवार १८:३५
नेपालगञ्ज :  अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म परेका सबै भन्दा बढी उजुरी दाङ्ग र दोस्रोमा बाँके रहेको पाईएको छ । आयोगको ३४ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा कार्यालयको कार्यक्षेत्र बाँके बर्दिया दाङ्ग र रोल्पाबाट परेका उजुरी मध्ये सबैभन्दा बढी दाङ्ग […]

ताजा अपडेट