भुपु सैनिकद्वारा भुकम्प पीडितलाई राहत प्रदान

सदरलाइन संवाददाता १७ मंसिर २०८०, आईतवार १५:५०
 

नेपालगञ्ज : नेपाल भुपु सैनिक बिकास समिति कोहलपुरले जाजरकोट भुकम्प पीडित परिबारलाई पुर्ननिर्माणका लागि २ लाखको राहत सामग्री सहयोग गरेको छ ।

सैनिक बिकास समिति कोहलपुर कार्यलयमा आइतवार एक कार्यक्रमका बिच समितिका अध्यक्ष क्याप्टेन कुमार राना उपाध्यक्ष पदम आचार्य ले जस्तापाता, कम्मल लगायतका सामान भुकम्प पीडितका आफन्तहरुलाइ हस्तान्तरण गरेका हुन् ।


नेपाल भुपु सैनिक बिकास समितिले यो भन्दा अघिपनि जाजरकोट भुकम्प पीडितलाई राहत बितरण गरेको थियो । तर जाजरकोट भुकम्प पीडितहरुले राहत सामग्री नपाएको भन्दै मिडियामा गुनासो गरेपछि समितिले पीडितका आफन्तलाई कोहलपुर कार्यलयमा बोलाएर प्रत्यक्ष १३५ वटा जस्तापाता र कम्मल सहयोग गरेको हो ।

नेपाल भुपु सैनिक बिकास समिति कोहलपुरको राहत बितरण कार्यक्रम करिब ६० जना पुर्ब भारतीय सैनिकको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोस्रो नेपालगञ्ज किड्स फेस्टिवल सकियो

१७ मंसिर २०८०, आईतवार १५:५०
नेपालगञ्ज : बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचित हुँदैं दोस्रो नेपालगञ्ज किड्स फेस्टिवल–२०८० सकिएको छ । बाल साहित्य सिर्जना उत्सवको रुपमा लिइएको किड्स फेस्टिवलमा नृत्य, गायन, चित्रकला र वक्तृता गरी चार विधामा प्रि–स्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिष्पर्धा गराइएको थियो । जसअन्तर्गत खुला एकल नृत्यमा दिलिप चुनारा प्रथम, […]