‘हतियार र संवादबीच कुनै कनेक्सन छैन’

१७ कार्तिक २०७६, आईतवार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँके प्रहरीले टेण्डर बिथोल्ने योजनामा रहेको गिरोहको खोजी गर्ने क्रममा नेपाल तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाहसहितको समूह अबैध हतियार सहित पक्राउ परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा घटनाको तेस्रोदिन पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । ‘ खानेपानी कार्यालय नेपालगञ्जको टेण्टर बिथोल्न हतियारसहित समूहमा घुमिरहेको सूचनाको आधारमा खोजीगर्दै जाँदा तरुणदलका नेता शाहसहितको समुह पक्राउ परेको हो’–पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी शिवबहादुर सिंहले भने ।
शाहलाई षडयन्त्र मुलक तरिकाले प्रहरीले फसाएको दावी तरुण दलको जिल्ला र केन्द्रीय नेतृत्वबाट भएपछि प्रहरीले पत्रकार सम्मेलन गरि घटना सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सिंहले सन्दिपसहित ६ जनाको समूह टेण्डर बिथोल्ने योजनाका साथ नेपालगञ्जको नमस्ते कटेजमा बसिरहेको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेम शाहीको कमाण्डमा टोली परिचालन गरिएको जानकारी दिए ।
कटेजभित्र बसिरहेका सन्दिप सहितको समूहलाई कात्तिक १४ गते राति गाडी पार्किङ भएको स्थानमा ल्याएर सन्दिप आफैले गाडीको अनलक गरेको डिएसपी सिंहको भनाई छ । हतियार तथा खरखजानाको चेकजाँच गरि अटोमेटिक अमेरिकी पेस्तोलको म्याग्जिन निकालेर पुन पहिलेकै ठाउँमा राख्दै गरेको भिडियो घटनाका समयमा अन्य सर्वसाधारणसमेत नजिकै भएकाले खिचेको हुन सक्ने प्रहरीको स्पष्टीकरण छ ।
डिएसपी सिंहले भने ‘सवै कुरा सीसि टिभी फुटेजले स्पष्ट पारि सकेको छ । प्रहरी घटनास्थलमा पुगेको ५ मिनेटमै लक गरिएको कार सभापति शाहले नै अनलक गरेपछि डिएसपी शाही नेतृत्वको प्रहरीले सवैका अगाडी आफ्नो काम अगाडी बढाएको हो । बाहिर चर्चामा आएको कुरा प्रहरीको बद्नाम गर्ने नियत मात्रै हो ।’
हतियार सहित तरुण दलका नगर सभापति शाह पक्राउ परेपछि कोहलपुरका डिएसपी शाहीले तरुण दलका स्थानीय नेता केशर खड्कासँग बडाभोजका लागि खसि माग गरेको र धम्की दिएको फरक–फरक अडियो सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अडियो भिडियो सार्वजनिक हुनु र सन्दिप पक्राउ पर्नु फरक–फरक विषय फरक–फरक प्रसंग भएको स्पष्ट पारेको छ । कोहलपुरका डिएसपी शाहीको अडियो र भिडियो सार्वजनिक भएको विषयमा प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक नरबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।
यसैबीच नेकपा बाँकेले अपराधीलाई जोगाउनका लागि इप्रका कोहलपुरका डिएसपी शाहीका विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै भ्रत्सर्ना र निन्दा गरेको छ ।
नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले आइतबार विज्ञप्ती जारी गरि अपराधिक कार्यमा संलग्न जोसुकैलाई पनि कानूनी दायरामा ल्याएर उच्च मनोबलका साथ कारवाही गर्न माग गरेको उल्लेख छ ।

Next Post

पाँचजना कारागार चालान, एकजना धरौटीमा रिहा

१७ कार्तिक २०७६, आईतवार १९:०१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडको करोडौ रूपैयाँ अपचलनको अभियोगमा जिल्ला अदालत बाँकेले चारजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ४३ करोड रुपैयाँ अपचलन भएको भनिएको अभियुक्तहरुको सुनुवाई गर्दै न्यायाधीश धनिश्वर पौडेलको इजलाशले आइतवार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गंगाधर सुबेदी, बैंकिङ्ग […]