कर्णाली प्रदेशसभाको बैठक स्थगित

सदरलाइन संवाददाता २ माघ २०७९, सोमबार १३:२८
 

सुर्खेत : कर्णाली प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा सरकारले सार्वजनिक बिदा दिएसँगै कर्णाली प्रदेश सभा बैठक स्थित भएको हो ।

आइतबार काठमाडौंबाट पोखराको लागि ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको यती एयरको एटिआर ७२ जहाज पोखरा १५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।


उक्त घटनाप्रति शोक व्यक्त गर्दै सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सोमवारको बैठकमा उपसभामुखको चयन गर्ने कार्यतालिका रहेको थियो । सचिवालय जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा ८ वर्षीय बालकको हत्या

२ माघ २०७९, सोमबार १३:२८
सल्यान : सल्यानमा धारिलो हतियार प्रयोग गरी ८ वर्षीय बालकको हत्या भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका २४ वर्षीय डम्बर पुरीले सोही ठाउँका ८ वर्षीय भिजन घर्तीको धारिलो हतियार (हँसिया) प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पुरीले बालकको हत्या गरेको थाहा पाएपछि स्थानीयले […]