दोलखाको भिमसेनलाई पसिना, देशमा के हुने विभिन्न तर्क

सदरलाइन संवाददाता ५ श्रावण २०८१, शनिबार १९:४६
 

दोलखा : दोलखा जिल्लाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरको शीलामा पसिना आइरहेको छ । आज दिउँसो १ः४७ बजेदेखि पटक पटक मन्दिरको शिलामा पसिना आईरहेको वडा अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिए ।

मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको अध्यक्ष श्रेष्ठले बताए । दोलखा भीमेश्वर मन्दिरमा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको छ । यसअघि पनि पसिना आउदा देशमा ठुला घटना हुने गरेको स्थानीयहरुको भनाइ छ ।

देशमा हुने परिवर्तन तथा विभिन्न घटनाको पूर्व संकेत गर्ने विश्वास मानिएको दोलखा भीमसेनको शिलामा शनिबार दिउँसो करिब डेढ घण्टादेखि पसिना आईरहेको छ ।

शिलाको दायाँतिर पसिना आउँदा तत्कालिन राजपरिवार तथा राष्ट्र प्रमुखमा तथा बाँयातिर पसिना आउँदा जनतामा दुःख कष्ट आईपर्ने विश्वास रहिआएको छ ।


शिलाको सबैतिर पसिना आउँदा राष्ट्र  प्रमुखदेखि  नागरिकसम्म असर पर्ने खालको  घटनाको  पूर्वसंकेत मानिने  विश्वास छ । भगवान भीमसेन कुनै किसिमको परिश्रमजन्य कार्य वा लडाँइमा गएर आउँदा शिलामा पसिना देखिन्छ भन्ने जनविश्वास छ ।

सातौं शताब्दीदेखि यो मन्दिर अस्तित्वमा रहिआएको किंबदन्ती रहेपनि वि.स १९९० देखि शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । यसअघि २०७८ को बैशाख २५ गते शिलाको दुवैतर्फ पसिना आएको थियो ।

भीमेश्वरमा पसिना आएको थाहा पाएपछि भक्तजनहरु भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने, र बाजागाजा बजाएर शान्तिको कामना गरिरहेका छन् ।

तत्कालिन समयमा भिमेश्वरलाई पसिना आउदा राज परिवारवाट क्षमा पुजा हुने गरे पनि हाल भीमसेनको शिलालाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ ।

क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउने गरिएको छ । मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिँदै गरिएको स्थानीय बताए । भीमेश्वरको चट्टान (शिला) को विभिन्न भागमा पानीको थोपा निस्कँदै झर्ने क्रमलाई ‘पसिना’आएको विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सञ्चारमन्त्री गुरुङ र अमेरिकी राजदूत थम्सनबीच शिष्टाचार भेट

५ श्रावण २०८१, शनिबार १९:४६
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनबीच आज शिष्टाचार भेट भएको छ । भेटमा उनीहरूबीच नेपाल—अमेरिका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसक्रममा सूचना प्रविधिको विकास, साइबर सुरक्षा, प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग र नेपालको शान्ति तथा समृद्धिका बारेमा छलफल भएको […]