नेपालगञ्जमा भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शन

सदरलाइन संवाददाता २ माघ २०८०, मंगलवार १८:०४
 

नेपालगञ्ज : २६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा सन्देशमूलक पर्चा–पम्लेट वितरण गरिएको छ । “स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा भाटभटेनी सुपरमार्केट नेपालगञ्जमा स्टल राखी भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शन गरिएको छ ।

झटपट झोला, प्राथमिक उपचार किट, आपतकालीन टेलिफोन नम्बरहरु लगायत सन्देशमूलक अध्ययन सामग्री प्रदर्शन र वितरण गरिएकोे थियो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाको व्यवस्थापनमा कार्यक्रम भएको हो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको निर्णयानुसार साप्ताहिकरुपमा संचार संस्थाबाट जनहितमा जारी सन्देश प्रशारण, परिसम्बाद कार्यक्रम, ८ वटै स्थानीय तहले भवन निर्माण आचारसंहिता सामूहिक प्रतिबद्धता व्यानर राख्ने र प्रचारप्रसार गर्ने, भूकम्प प्रतिरोधात्माक सामग्री प्रदर्शनी, विद्यालय स्तरमा म्गअप अयखभच बलम जयमि को अभ्यास प्रदर्शनी गर्ने निर्णय भएको थियो ।


उक्त कार्यक्रमहरु सम्पन्न गर्न÷गराउनका लागि जिल्ला विपद् व्यवस्थापन समिति, संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज, स्थानीय तह, नेपाल रेडक्रस, भेरी वातावरणीय विशिष्टता समूह र संचार संस्थालाई अनुरोध गरिएको छ । उक्त कार्यक्रम गर्दा स्थानीय भाषालाई प्राथमिकता दिने विपद् व्यवस्थापन समितिको निर्णय र साप्ताहिक योजनामा उल्लेख छ ।

भाटभटेनीमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाका सभापति नमराज सापकोटा, युनिसेफ नेपालका नरेश निदाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रहलाद विश्वकर्मा र शिव सुवेदी, भाटभटेनीका म्यानेजर भक्तबहादुर भुजेल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आदर्श माध्यमिक विद्यालयको ’स्पोर्ट्स विक’ शुरु

२ माघ २०८०, मंगलवार १८:०४
नेपालगञ्ज : नेपालगञ्जस्थित आदर्श माध्यमिक विद्यालयको ’स्पोर्ट्स विक’ बुधवारदेखि शुरु भएको छ । विद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित तीन दिने ’स्पोर्ट्स विक’को नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले उदघाटन गरेका छन् । वडा नम्बर १ धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा झण्डोत्तलन गरेर रिजालले ’स्पोर्ट्स […]