२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

भूकम्पका घाइतेका लागि ९३ पिन्ट रगत संकलन



नेपालगञ्ज : जाजरकोटलाई केन्द्रविन्दू बनाएर शक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारमा सहजताका लागि नेपालगञ्जमा रगत संकलन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा ९३ पिन्ट रगत संकलन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठले बिरामीको लागि आबश्यक परेमा अब रगतको अभाव नहुने जानकारी दिए । उनका अनुसार अहिले २४० पिन्ट रगत स्टक रहेको छ ।

बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत संकलन गरिएको रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनले घाइतेहरुको उपचारमा सहजताका लागि रगतको प्रशस्त मौज्दात रहेको जानकारी दिए ।

भूकम्पका घाइतेहरुलाई शुक्रबार बिहान ३ बजेदेखि नेपालगञ्ज भेरी अस्पतालमा उपचार शुरु गरिएको थियो । हाल भेरीमा ३७ जना विरामीको उपचार भइरहेको छ । एक जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सबै खतरामुक्त छन् ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार
ताजा समाचार