२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपालगञ्जको त्रिभुवनचोकमा तिहारको भिडभाड



नेपालगञ्ज : नेपालगञ्जको त्रिभुवनचोकमा यतिबेला भीडभाड छ । तिहार नजिकिँदै जाँदा सडकमा पसल राखिएपछि त्रिभुवनचोकदेखि त्रिवेणीमोडसम्म भीडभाड बढेको हो ।

हिन्दुको ठूलो चाडमा बर्सेनि यो सकडमा पसल राख्ने गरिन्छ । चाडमा बीच सडकमा पसल राख्नु परम्परा जस्तै भइसकेको छ । धेरै पहिलादेखि चाडबाडमा यहाँ पसल लगाउँदै आइएको छ ।

केही पहिला उपमहानगरपालिकाले रोक्न खोजेपनि परम्पराको रूपमा व्याख्या गरेर व्यापारीले विरोध गरेपछि पसल राख्न दिइएको थियो ।

यतिबेला यो सडकमा घुइँचो छ । तिहारका हरेक सामान राखिएको छ । व्यापारीले भने यसपाली धेरै कारोबार नभएको बताइरहेका छन् । पसले ताम्बा लखेरले यसपाली धेरै कारोबार नभइरहेको बताए ।

सकडको बीचमा पसल राखिएपछि त्यहाँ चार पांग्रे सवारीलाई भित्र छिर्न दिइएको छैन । ट्राफिक र नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेका छन् । यो सडकमा पसल राख्ने बित्तिकै कुनै चाड परेछ भन्ने बुझिन्छ ।

यहाँ यतिबेला फूल किलोको दुई सयदेखि दुई सय पचास रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० कात्तिक २६ गते आइतबार
ताजा समाचार