राष्ट्रिय निकुञ्ज जनमैत्री छैन : संघीय सांसद ढकाल

सदरलाइन संवाददाता ११ मंसिर २०८०, सोमबार १३:०३
 

नेपालगञ्ज : बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज जनमैत्री नभएको बाँके क्षेत्र नं.१ का सांसद सुर्य ढकालले बताएका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१ स्थित बाँके र बर्दियाका मध्यवति क्षेत्रमा बसोबास गर्ने स्थानीयसँग राष्ट्रिय निकुञ्जले पारेको प्रभावमा संघीय सांसदको भूमिका अन्तरसंवादमा बोल्दै ढकालले उक्त कुरा बताएका हुन् ।

ढकालले निकुञ्ज ऐनमा जनमैत्री बनाउन बाँकेका १६ जना संघिय सांसदहरुको एउटा संगठन समेत निमार्ण गरिएको बताए । उनले कानून संशोधन मार्फत जनमैत्री राष्ट्रिय निकुञ्ज निमार्णमा जोड दिने बताए ।

त्यसै गरी अन्तरसंवाद कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं.३ क प्रदेश सांसद रत्न खत्रीले करेली खोला तटबन्ध गर्नाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । उनले निर्वाचनमा गरिएका बाचा पुरा गर्दै आम नागरिकहरुको घर दैलोमा आएको समेत बताए ।

खत्रीले उक्त तटबन्ध गर्नाका लागि आवश्यक बजेट विनियोज गरिएको बताउँदै अब यहाँ करेलीका आम नागरिकहरुको संक्रियता आवश्यक पर्ने उल्लेख गरे । निर्वाचनमा गरेको बाचा बजेट मार्फत सम्बोधन गरिएको बताउँदै उनले उक्त योजना कार्यान्वयन गराउने दायित्व स्वयं स्थानीय जनताकै भएको बताए ।


अन्तरसंवाद कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका अधिकृत उत्तम चौधरीले निकुञ्जले हाल बन्यजन्तु र मानवीय द्वन्द्व न्यूनीकरण गर्न देखा परेका समस्याहरु र त्यसका निम्ति समाधानमा निर्माण गरिएका निकुञ्ज ऐनमा भएका व्यवस्था कार्यान्वयन गरिरहेको बताए ।

चौधरीले हाल मानवीय क्षति भएको खण्डमा निुकञ्जबाट १० लाख ५० हजारसम्म क्षति व्यहोर्ने कानूनमा व्यवस्था भएको बताए । उक्त राहत प्राप्त गर्न आवश्यक कानूनी प्रक्रियामा सहभागि भने हुनुपर्ने उल्लेख गरे ।

अन्तरसंवाद कार्यक्रममा स्थानीय गंगा रोकायाले जंगली बन्यजन्तुले घरपालुवा जनावरलाई पारेको क्षतिको क्षतिपूर्ति लिन जटिल कानूनी प्रक्रियाहरु रहेको बताइन् । उनले त्यसका निम्ति संघिय सांसदहरको जनतालाई राहतमा आहत हुने हैन राहत नै हुने ऐन कानून निमार्ण वा संशोधन गर्न आवश्यक रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका विभिन्न स्थानमा सोमवारदेखि ऐतिहासिक मेला शुरु

११ मंसिर २०८०, सोमबार १३:०३
नेपालगञ्ज : कार्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका विभिन्न स्थानमा मेला शुरु भएको छ । बाँकेको राप्ती नदी सिधनियाघाट, जानकी गाउँपालिकाको गुरुवागाउँ, जोगागाउँ र राप्तीसोनारीको टिकुलीपुरमा सोमबारदेखि मेला शुरु भएको हो । कार्तिक पुर्णिमाका दिन राप्ती नदीमा स्नान गर्नेहरुको सोमवार विहानैदेखि भिड लागेको छ । नदीमा स्नान गर्न बाँके लगायत विभिन्न […]

सम्बन्धित