तिहारको तेस्रो दिन सोमवार गाई पूजा

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १३:०२
 

नेपालगञ्ज : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमवार गाईको पूजाआजा गरी मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको बताइएको छ ।


गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँशीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्यु पश्चात गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा झडप हुँदा १ जना गम्भीर घाइते, ३ पक्राउ

२७ कार्तिक २०८०, सोमबार १३:०२
नेपालगञ्ज : बाँके राप्तीसोनारी गाउँपालिका वडा न ९ उद्दैनमा आइतवार १२ बजे युवाहरू बिच झडप भएको छ । झडपमा परी नेपाली सेनामा कार्यरत बिदामा घर आएका राप्तीसोनारी ९ उद्दैनका विष्णु खत्री गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज नर्सीङ्ग होममा उपचार भैरहेको र उनको टाउकोमा गहिरो चोट लागेको […]