बर्दियामा लागूऔषधसहित २ जना पक्राउ

सदरलाइन संवाददाता १० मंसिर २०८०, आईतवार १४:५३
 

नेपालगञ्ज : बर्दियाको बढैयाताल गाउँपालिका–८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।

गुलरीया नगरपालिका–११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी पक्राउ पारेका हुन् ।


ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा सोमवार पनि सार्वजनिक बिदा

१० मंसिर २०८०, आईतवार १४:५३
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा सोमवार पनि सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले कार्तिक पुर्णिमा स्नान मेलाको अवसरमा सोमवार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिएका छन् । स्नान मेलाको अवसरमा सोमवार गाउँपालिका भरका कार्यालय, मातहतका सबै वडा कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको […]