नेपालगञ्ज : बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर ५ की ४५ वर्षीया महिलाको सोमवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए ।
योसंगै कोरोनाबाट बाँकेका ८७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०४ जनाको मृत्यु भएको छ ।